images
images

आज अमेरिकन डिभीको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

  • २३ बैशाख २०८०, शनिबार १०:३१

अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज सार्वजनिक हुँदैछ ।

आज राति ९ः४५ मा डिभीको नतिजा सार्वजनिक हुने अमेरिकी प्रशासनले जनाएको हो । डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरमार्फत चिट्ठा परे/नपरेको हेर्न सकिन्छ । नतिजा हेर्न आवेदन भर्दा प्रयोग गरेको आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्छ । डिभीको रिजल्ट https://dvprogram.state.gov/ मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर हेर्न सकिन्छ ।