images
images

नेपाल राहत शिक्षक दोलखाको नयाँ नेतृत्व चयन

  • २३ बैशाख २०८०, शनिबार १८:१२

दोलखा । नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति दोलखाको चौंथो जिल्ला अधिवेशन २१ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

सदरमुकाम चरिकोटमा आज सम्पन्न अधिवेशनले पुस्कल दहालको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति दोलखाका उपाध्यक्षमा बालकृष्ण थपलिया, सचिवमा रोशन शर्मा र कोषाध्यक्षमा कृष्ण बहादुर बस्नेत चयन भएका छन् । राहत शिक्षकको विषयमा विभिन्न मुद्धाहरु उठाउने सवालमा शसक्त भुमिका निर्वाह गर्न अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको शिक्षक बालकृष्ण खड्काले जानकारी दिनुभयो ।