रामेछाप । रामेछापको मन्थली नगरपालिकामा एक युवक मृत्त फेला परेका छन् ।
मन्थली नगरपालिका–५ का ३८ वर्षीय निरबहादुर रोक्का मृत्त अवस्थामा फेला परेका हुन् । स्थानीयका अनुसार मृत्त भेटिएका रोक्का शनिबार दिउँसो घर नजिकै गाउँमा काम गर्न गएका थिए । उनी अबेरसम्म घर नफर्किएपछि स्थानीय र परिवारजनले खोजीकार्य गर्दा सोही स्थानको टार भन्ने स्थानमा शनिबार मृत्त भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ ।










