images
images

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजमा, प्रदेशभर सार्वजनिक विदा

  • २४ बैशाख २०८१, सोमबार ०८:१२

हेटौँडा । बागमती प्रदेश सरकारले आजबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारी कामकाजको भाषा शुभारम्भ काठमाडौँको बसन्तपुरबाट गर्नुहुने भएको हो । वैशाख १२ गते बसेको मन्त्रीपरिषदको बैठकले आजबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय गरेको थियो । आज प्रदेशभर सार्वजनिक विदा समेत दिइएको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारले यसअघिनै नेपाली भाषाका अलावा तामाङ भाषा र नेपाल भाषालाई पनि सरकारको कामकाजको भाषा बनाउने निर्णय गरेको थियो ।

बागमतीबाट प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०८० पारित गरिएको थियो भने कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १ सय ८० औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोही अनुसार आजबाट ऐन कार्यान्वयनको घोषणा गरिने भएको हो । सो ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने व्यवस्था गरेको छ ।