ललितपुर । ललितपुरमा आगलागीमा परेका दुईजना बालिकाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा मोबिल स्टोरमा आगलागी हुँदा घाइते भएका ३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीको मृत्यु भएको हो । रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए । घाइते संजय गिरी, रुपा गिरी र १५ वर्षीय मित गिरीको किष्ट अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिनुभयो ।










