ओखलढुंगा । ओखलढुंगामा आगोले जलेर आमा छोराको मृत्यु भएको छ ।
सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आज मध्यान्ह हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा पुगेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो । बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताउनुभयो । घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केही दिनअघि देखि स्थानीय जङ्गलमा डढेलो लागेको थियो । अहिले देशका विभिन्न स्थानमा डढेलो लागिरहेको छ ।