images
images

मोटरसाईकलमाथि ढुंगा खस्दा गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु

  • २३ बैशाख २०८२, मंगलवार ०७:२०

काठमाडौँ । दार्चुलामा गुडिरहेको मोटरसाईकलमाथि ढुंगा खस्दा गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु भएको छ ।

दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा अधिकृत ३८ वर्षीय केशवराज ओझाको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो । लेकम गाउँपालिका ४ ओदालीमा भिरबाट खसेको ढुंगाले उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पालिकाको वडा नम्बर ५ स्थित चौपातामा शैक्षिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाईकलमाथि ढुंगा खस्दा उनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाईते उनको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।