images
images

एमाले धनुषाको अधिवेशनः उम्मेदवारको विषयमा विवाद, दुई पक्षबीच कुटाकुट हुँदा ५ जना घाईते

  • २३ बैशाख २०८२, मंगलवार १६:०८

काठमाडौँ । नेकपा एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनमा झडप भएको छ ।

आठौँ अधिवेशनमा दुई समुहबीच कुटाकुट भएपछि अधिवेशनस्थल तनावग्रस्त बनेको हो । विधान विपरित उम्मेदवारी परेको विषयमा विवाद भएपछि दुई समुहबीच कुटाकुट भएको थियो । झडपमा परि दुई नेतासहित ५ जना घाईते भएका छन् । अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको छ ।

झडपका क्रममा नेता कार्यकर्ताहरुले निर्वाचन समितिमाथि कुर्सी प्रहार गरेका हुन् । दुुवै समुह प्रदर्शनमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको छ । तनावपछि अहिले अधिवेशनस्थलमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।