images
images

दिलसुन्दर, कृष्णप्रसाद र नरेशलाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा विजयी

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा तीन उपाध्यक्ष विजयी भएका छन् ।

मंगलवार भएको निर्वाचनमा अन्जन श्रेष्ठको समूहवाट दुई र हेमराज ढकाल समूहवाट एक जना उपाध्यक्ष विजयी भएका हुन् ।

ढकाल समूहवाट वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ तथा श्रेष्ठ समूहवाट जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका हुन् । शर्माले ८७, दिलसुन्दरले ८० र नरेशलालले ६३ मत पाएका छन् ।

वस्तुगत उपाध्यक्षमा निर्वाचित श्रेष्ठ झिनो अन्तरले विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई मात्र ३ मतले पछि पार्दै ६३ मत प्राप्त गरे भने घिमिरे ६० मतमै सीमित भए।

दिलसुन्दरको प्रदेशवाट केन्द्रको यात्रा

जिल्ला नगर उपाध्यक्षमा निर्वाचित दिलसुन्दर काभ्रेपलाञ्चोकको धुलिखेल स्थायी घर भएका व्यवसायी हुन् । उर्जा उत्पादक समेत रहेका दिलसुन्दर यसअघि उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्ष थिए ।

महासंघको नयाँ कार्यकारिणी समितिको चुनावका लागि मुख्य दुई समूहबीच प्रतिस्पर्धा भएको थियो । महासंघको नयाँ नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठ समर्थितसमूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह प्रतिस्पर्धामा थिए ।

महासंघका निवर्तमान अध्यक्ष हेमराज ढकालले बरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहलाई समर्थन गरेका थिए ।