दोलखा । दोलखाका व्यवसायी सुदर्शन कार्की नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।
चुनावी मैदानमा कुनै समूहमा नपरेका कार्की महासंघको ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनमा कडा प्रतिश्पर्धाका वीच कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् ।
जिरी उद्योग वाणिज्य संघ र दोलखा उद्योग वाणिज्य संघको एक/एक कार्यकाल अध्यक्ष भएका कार्की यसअघि भवानी राणा अध्यक्ष हुँदा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य थिए ।
होटल, पेट्रोल पम्प लगायतका बिभिन्न व्यवसायमा संलग्न कार्की नेपाल पेट्रोलियम डिलर्स एसोसिएन बागमती प्रदेशको अध्यक्ष पनि हुन् । कार्कीसँग एसोसिएसनको केन्द्रीय सदस्य भएर पनि काम गरेको अनुभव पनि छ ।
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठ समर्थित समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह प्रतिस्पर्धामा थिए । दुवै समूहमा नपरे पनि निर्वाचित भएका कार्कीले कुन समूहलाई समर्थन गर्छन् ? खुल्न बाँकी छ ।




हाम्रो अपडेट 






