images
images

सांसदहरुले अनिवार्य बिधुतीय हाजिरी गर्नु पर्ने

भक्तपुर । संघीय संसद्का सांसदहरूले अनिवार्य बिधुतीय हाजिरी गर्नुपर्ने भएको छ ।

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसहित १६ वटा संसदीय समिति सभापतिहरूको बैठकले इ–हाजिरी अनिवार्य गर्ने निर्णय गरेको हो ।  बैठकमा सभामुख अर्यालले इ–हाजिरी अनिवार्य गर्ने र आधा घण्टाभित्र विवरण सार्वजनिक गर्ने प्रस्ताव गरेका थिए ।

संसद्लाई पूर्ण डिजिटाइज्ड गर्ने उद्देश्यका साथ सभामुख अर्यालले अनिवार्य विद्युतीय हाजिरी लागू गर्न संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

विगतमा हाजिरी पुस्तिकामा पुरानो दिनको हाजिरी गर्ने बेथिति थियो । सांसदहरू बैठकमा नआउने, आएपछि हाजिर गरेर हिँड्ने प्रवृत्ति थियो ।

यो व्यवस्था आगामी अधिवेशनदेखि नै लागू हुने गरी व्यवस्थापन गर्न संसद् सचिवालयलाई निर्देशन दिइएको छ ।