भक्तपुर । पाँचथरमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्।
फिदिम नगरपालिका–२ ओदिन निवासी हर्कमाया राईको घरका पाँच जना च्याउको तरकारी खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
बिरामी हुनेमा हर्कमाया राईसँगै ३२ वर्षीय समीर लिम्बु, २३ वर्षीया बिनिता राई, ७८ वर्षीय दलप्रसाद लिम्बु र ७३ वर्षीया दलमाया लिम्बु छन्। हर्कमायाले घर नजिकैको बारीबाट ल्याएको जंगली च्याउको तरकारी परिवारका सबै सदस्यले खाएका थिए। खाना खाएपछि उनीहरूलाई वाकवाकी लाग्ने र पेट दुख्ने लक्षण देखिएको छ।
विरामी परेका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।









