images
images

सुन-चाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

  • २३ बैशाख २०८३, बुधबार ११:०६

भक्तपुर । नेपाली बजारमा बुधबार सुन-चाँदीको मुल्य ह्वात्तै बढेको छ ।

मंगलबार तोलामा तीन हजार आठ सय रूपैयाँ घटेको सुनको मुल्य बुधबार प्रतितोला पाँच हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ५५ रूपैयाँमा किनबेच भइरहेको छ।