images
images

वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ उद्योग वाणिज्य महासंघको स्वतः अध्यक्ष

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठले सम्हालेका छन्। विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था लागू भएपछि श्रेष्ठले संस्थाको नेतृत्व ग्रहण गरेका हुन्।

महासंघको विधानको दफा २९ को उपदफा ३ अनुसार हाल कायम वरिष्ठ उपाध्यक्ष आगामी एक कार्यकालका लागि स्वतः अध्यक्ष हुने र त्यसपछि अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने प्रावधान रहेको छ। सोही कानुनी व्यवस्थाका आधारमा श्रेष्ठ अध्यक्ष बनेका हुन्। अध्यक्षको कार्यकाल तीन वर्ष रहने व्यवस्था छ।

वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने परम्पराअनुसार महासंघमा यो प्रक्रिया अपनाइएका नेतामध्ये श्रेष्ठ चौथो हुन्। यसअघि भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल पनि यही व्यवस्थाअनुसार अध्यक्ष बनेका थिए।

अध्यक्ष पदबाहेक अन्य संरचनामा मंगलबार निर्वाचन सम्पन्न भएको थियो र अन्तिम नतिजासमेत सार्वजनिक भइसकेको  छ।