images
images

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा

  • २३ बैशाख २०८३, बुधबार १४:५६

भक्तपुर । सरकारले ११ जना सहसचिवहरूको सरुवा गरेको छ।

मन्त्रिपरिषद बैठकको सोमबारको निर्णय अनुसार विभिन्न मन्त्रालय र अन्तर्गत कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो । सरकारले गरेको सरुवा सूची अनुसार प्रधानमन्त्री कार्यालयका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ भने सञ्चार मन्त्रालय अन्तर्गत रहेका आदेश खड्कालाई प्रधानमन्त्री कार्यालय ल्याइएको छ। 

त्यस्तै, सञ्चार मन्त्रालय अन्तर्गत कार्यरत् चन्द्र शाहलाई अर्थ मन्त्रालय वा अन्तर्गत, प्रधानमन्त्री कार्यालयका अनिल कुमार दत्तलाई सञ्चार मन्त्रालय अन्तर्गत र अर्थ मन्त्रालय अन्तर्गतका रामदत्त भट्टलाई पनि सञ्चारमै सरुवा गरिएको छ।

मुस्लिम आयोगमा सचिवका रुपमा कार्यरत् रमेश न्यौपानेलाई राष्ट्रिय सूचना आयोग लगिएको छ भने गृह मन्त्रालय अन्तर्गत रहेका नमराज घिमिरेलाई मुस्लिम आयोगमा लगिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्तमा रहेका सन्तोषकुमार दाहाललाई राष्ट्रपति कार्यालयमा,अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गत रहेका रामकृष्ण पुडासैनीलाई अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

अर्थ मन्त्रालय अन्तर्गतकी कृष्णकुमारी श्रेष्ठलाई उद्योग मन्त्रालय अन्तर्गत र संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका रमेश ढकालको शिक्षा मन्त्रालय अन्तर्गत सरुवा भएको छ ।