भक्तपुर । चिकित्सा शिक्षाविद् प्रा.डा.जगदिश अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को बैठकले अग्रवाललाई स्वास्थ्य सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । डा अग्रवालले मुलुकका स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिने प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दहालले जानकारी दिईन् ।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान -आईओएन) का पूर्वडीन रहेका डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रुपमा आफ्नो सेवा प्रदान गर्ने जनाईएको छ ।



हाम्रो अपडेट 






