images
images

नेपाल रेडक्रसको सबै तहको निर्वाचन प्रक्रिया स्थगित

  • २३ बैशाख २०८३, बुधबार १५:१०

भक्तपुर । नेपाल रेडक्रसको सबै तहको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको हो । रेडक्रस केन्द्रीय कार्यालयले  परिपत्र जारी गर्दै निर्वाचनका सम्पूर्ण कार्यक्रमहरू यथास्थितिमा राख्ने निर्णय गरेको हो । रेडक्रसले आगामी असार मसान्तसम्म सबै तहको निर्वाचन सम्पन्न तयारी गरेको थियो ।

जसअन्तर्गत पालिका शाखाको निर्वाचन वैशाख २६ देखि जेठ ४ गतेसम्म, जिल्ला शाखाको जेठ १५ गते, प्रदेश समितिको असार २ गते र केन्द्रीय समितिको निर्वाचन असार २४ र २५ गतेका लागि तय गरिएको थियो ।

केन्द्रीय कार्यालयले आफ्ना सबै प्रदेश कार्यालय, जिल्ला शाखा र पालिका शाखा समितिहरूलाई निर्वाचन प्रक्रिया स्थगित गर्न पत्राचार गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ दिनअघि अर्को सूचना नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गर्न रेडक्रसलाई निर्देशन दिएको थियो ।

​प्रशासनले निर्वाचन रोक्नुका पछाडि संस्थागत सुधार र शुद्धीकरणको आवश्यकतालाई औंल्याएको छ ।