भक्तपुर । काठमाडौँको कीर्तिपुरमा एक युवकमाथि दिउँसै धारिलो हतियार प्रहार भएको छ ।
कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा एक युवकको धारिलो हतियार प्रहार गरि हत्या भएको हो । अन्दाजी २३ वर्षीय विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार घटना बुधबार दिउँसो २ः२५ बजे भएको हो।
साथीहरूबीचको झगडाले उग्र रुप लिँदा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । धारिलो हतियार प्रहार हुँदा गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
साथी–साथीबीच झगडा भएको र हतियार प्रहार गर्नेको पहिचान भइसकेकाले छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



हाम्रो अपडेट 






