images
images

प्राइम कमर्सियल बैंकको अभियानः ‘जिरी सहर, बिद्युतिय कारोवारको लहर’

  • २३ जेष्ठ २०८०, मंगलवार १६:५९

जिरी (दोलखा) । प्राइम कमर्सियल वैंक लिमिटेडले दोलखाको पर्यटकीय नगरी जिरीमा बिद्युतिय कारोवारका लागि अभियान सुरु गरेको छ ।

प्राइम वैंकले जिरी र आसपासका क्षेत्रका सेवाग्राहीलाई प्रविधिको उपयोग गर्दै बैंकिङ सुविधामा पहुँच बृद्धि गर्नका लागि बिद्युतिय कारोवार अभियान सुरु गरेको हो । ‘जिरी सहर, बिद्युतीय कारोवार’ को लहर भन्ने मुल नाराका साथ सुरु भएको अभियानको विहिवार जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा नेपाल राष्ट्र वैंकका निर्देशक कृष्ण रामधोजु र प्राइम कमर्सियल बैंकका महाप्रवन्धक अमृतचरण श्रेष्ठले जिरीका बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालय एवँ व्यवसायीक संस्थाहरुलाई क्युआर कोड बितरण गर्नुभएको थियो ।

नेपाल वैंक लिमिटेडको शाखा कार्यालय बिस्थापित भएपछि प्राइम बैंकले निजी क्षेत्रवाट पहिलो पटक जिरीमा बैंकिङ सेवा सुरु गरेको थियो । सो वैंकले अस्पतालदेखि मन्दिरसम्म क्युआर कोड बितरण गरेको छ । जिरी अस्पतालदेखि जिरीको ठूलोपातलस्थित प्रसिद्ध धार्मिकस्थल रामबोलेको कालिदेवी मन्दिर र जिरेस्वरी महादेव मन्दिरसम्म क्युआर कोड बितरण गरिएको छ । अव रामबोले र जिरेस्वरीको दर्शनमा जाने दर्शनार्थीले क्युआर कोड मार्फत पनि भेटी चढाउन सक्ने छन् । प्राइम कर्मसियल बैंक जिरी शाखाका शाखा प्रवन्धक बिष्णुप्रसाद अर्यालले हालसम्म ३ सय थान क्युआर कोड बितरण गरिएको जानकारी दिनुभयो ।

मोवाईल तथा इन्टरनेट बैंकिङ, क्युआर कोड, डेविट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड, प्रिपेड कार्ड तथा पोइन्ट अफ सेल (पिओएस) मार्फत बिद्युतिय कारोवार गर्न सकिन्छ । यसका लागि प्राइम वैंकले जिरी बजारमा बित्तिय साक्षरता कार्यक्रम समेत गरिसकेको छ । फोन पेका चिफ बिजनेस अफिसर सुमित दासले छिटो छरितो र जहाँवाट पनि कारोवार गर्न सकिने तथा समयको पनि वचत हुने भएकाले सेवाग्राहीलाई बिद्युतिय कारोवार गर्न आग्रह गरिएको बताउनुभयो ।

singledese-img

singledese -img