images
images

भीमेश्वर नगरपालिकाका एक पुरुष बालिका बलात्कारको आरोपमा पक्राउ

  • २३ जेष्ठ २०८०, मंगलवार १९:२७

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका एक पुरुष बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीले भीमेश्वर नगरपालिका २ का ३० वर्षिय रमेश थामीलाई १७ वर्षिया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरेको हो । कालिञ्चोक गाउँपालिका ८ की १७ वर्षिया बालिका र थामीबीच सामाजिक सञ्जाल मार्फत चिनजान भएको थियो । उनीहरुबीच सामाजिक सञ्जालमा कुरा हुन थालेपछि थामीले भेट्न बोलाएका थिए । भेटका क्रममा थामीले ति बालिकालाई जवरजस्तीकरणी गरी फरार भएको दोलखा प्रहरीले जनाएको छ ।
आफु बलात्कृत भएपछि बालिकाले जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा प्रहरीले थामीलाई जेठ ४ गते काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ गरि दोलखा ल्याएको हो । पक्राउ परेका उनीमाथि जवरजस्तीकरणी सम्बन्धी मुद्धा दर्ता गरि अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।