दोलखा । जिल्ला अधिवेशन र पालिका अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको दोलखा एमालेले धमाधम वडा अधिवेशन गरिरहेको छ ।
जिल्लाका ९ वटै पालिकाको अधिवेशन गरि नयाँ नेतृत्व चयन गरेको एमाले दोलखाले अहिलेसम्म ४६ वटा वडाको अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । वडा अधिवेशनका लागि एमाले दोलखाका नेताहरु गाउँ केन्द्रित भएका छन् । जिल्ला इन्चार्ज कमल चौंलागाई, अध्यक्ष नरवहादुर श्रेष्ठसहितका पदाधिकारी अधिवेशनका लागि गाउँ केन्द्रित भएका हुन् । दोलखावाट एमालेको केन्द्रीय जिम्मेवारीमा रहेका नेताहरु सरस्वती बस्नेत, रचना खड्का लगायतका नेताहरु पनि अधिवेशनका लागि बिभिन्न वडामा पुगिरहेका छन् ।
एमाले पोलिट्व्युरो सदस्यद्धय आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ तथा नेता बालकृष्ण शिवाकोटी पनि प्रतिनिधिमुलक रुपमा केही वडाको अधिवेशनमा पुगेका छन् । एमाले दोलखाका सचिव स्वयम् वहादुर खड्काले अहिलेसम्म ४० वटा वडाको अधिवेशन सम्पन्न भएको र बाँकी वडाको अधिवेशन यहि जेठ महिनाभित्र सकिने जानकारी दिनुभयो । एमाले दोलखाको जनवर्गीय संगठनहरुको अधिवेशन पनि जेठ महिनाभित्रै सम्पन्न गर्ने कार्यतालिका छ । पार्टी सचिव खड्काका अनुसार अधिवेशन सम्पन्न भएका वडाहरुमा सर्वसम्मतरुपमा नेतृत्व चयन गरिएको छ ।
गत माघमा जिल्ला अधिवेशन सम्पन्न गरेको दोलखा एमालेले बैशाखमा पालिकास्तरको अधिवेशन गरेको थियो । वडा अधिवेशन सम्पन्न गर्नकालागि पार्टीको जिल्लाका पदाधिकारी, पालिका ईन्चार्ज, पालिका अध्यक्ष, जिल्ला कमिटी सदस्य लगायतका नेताहरुलाई जिम्मेवारी दिईएको छ ।