
एजेन्सी । विश्वमै पहिलो पटक बर्ड फ्लु संक्रमणका कारण मानिसको मृत्यु भएको छ ।
मेक्सिकोमा बर्ड फ्लु संक्रमणबाट पहिलो पटक मानिसको मृत्यु भएको हो । मेक्सिकोका ५९ वर्षीय पुरुषको बर्ड फ्लु संक्रमणका कारण मृत्यु भएको विश्व स्वास्थ्य संगगठन (डव्लुएचओ) ले पुष्टी गरेको हो । यद्धपी ती व्यक्तिमा एच५एच१ भाईरस (एभियन एन्फ्लुएन्जा) कसरी सरेको भन्ने विषयमा भने डव्लुएचओले केही खुलाएको छैन । ती पुरुषलाई ज्वरो आउने, सास फेर्न समस्या हुने, पखाला लाग्ने जस्ता लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । मृतक पुरुष क्रोनिक किड्नी फेलियर, उच्च रक्तचाप र मधुमेहका विरामी थिए । एच५एच१ भाईरस कोरोना भाईरस भन्दा सय गुण खतरनाक सङ्क्रमण हुनसक्ने बताईएपनि एक व्यक्तिबाट अर्काे व्यक्तिमा सरेको भने पुष्टी नभएको युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ ।
यद्धपी यसको लक्षण र संक्रमणको जोखिमबारे सतर्क रहन आवश्यक रहेको बताईएको छ । अमेरिकाको कैयौँ सहरमा गाई र गाईको दुधको माध्यमबाट मानिसमा वर्ड फ्लु सरेको मामिलाहरु सार्वजानिक भईरहेका छन् । पछिल्लो समय विश्वका कैयौँ देशमा वर्ड फ्लु तीव्र गतिमा बढिरहेको छ । भारतसहित विश्वका कयौँ देशमा संक्रमण फैलिरहेको हो । यो भाईरसको संक्रमण भएमा सामान्यदेखि गम्भिर सम्मका लक्षणहरु देखिन सक्ने र मृत्युदर बढ्ने खतरा रहेको छ ।