images
images

जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

  • २४ जेष्ठ २०८१, बिहीबार १४:०२

सिन्धुली । सिन्धुलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी भएका छन् ।

जिल्लाको तिनपाटन गाउँपालिका ४ विस्टारका ६७ वर्षीय केशर बहादुर भुजेलको परिवारले जंगली च्याउ खाँदा उनीसहित ५ जना विरामी परेका हुन् । च्याउ खाएर भुजेलकी श्रीमती ५३ वर्षीया पुर्णमाया भुजेल, छोरा ३८ वर्षीय घनश्याम, २१ वर्षका नाती किरण र उनकी श्रीमती २० वर्षीया नानीमाया समाल विरामी परेको सिन्धुली प्रहरीले जनाएको छ ।

उनीहरु पाँचै जनाको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पाङटारमा उपचार भईरहेको र अवस्था मध्यम रहेको सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कट्वालले जानकारी दिनुभयो । उनीहरु आज बिहान करिव १० बजे नाम नखुलेको जंगली च्याउ खाएर विरामी परेका हुन् ।