दोलखा । दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले आगामी आर्थिक वर्ष उत्पादन वृद्धि र स्वरोजगारलाई प्राथमिकतामा राखेर बजेट आउने बताउनुभएको छ ।
मेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकाससँगै उत्पादन वृद्धि, युवा स्वरोजगार, सामाजिक विकासका योजना र कार्यक्रमलाई प्राथमिकता दिदैँ बजेट ल्याउने तयारी भएको उहाँले बताउनुभयो । अध्यक्ष थोकरले हाम्रो रेडियोको बहसमुखी कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै सामाजिक विकासका योजना र कार्यक्रम पनि गाउँपालिकाको प्राथमिकतामा पर्ने बताउनुभयो । उहाँले कृषि र पशुपालनको माध्यमबाट रोजगारी वृद्धि गर्ने वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमै उद्यम र व्यवसायका लागि प्रेरित गर्ने तथा शिक्षा र स्वास्थ्यमा नागरिकलाई न्याय हुने गरी बजेट आउने जानकारी दिनुभयो ।
मेलुङ गाउँपालिकाले सुरु गरेको स्वास्थ्य तथा शिक्षा सुधार अभियानलाई निरन्तरता दिने उल्लेख गर्दै उहाँले प्रति विद्यार्थी ३ सयका दरले विद्यालयलाई अनुदान दिने, सुत्केरीलाई पोषण भत्ता, यातायाता खर्च, मृत्यु संस्कारमा दिइने रकम याथावत रहने उल्लेख गर्नुभयो । मेलुङ गाउँपालिकाले वार्षिक प्रति विद्यार्थी ३ सयका दरले सरकारी विद्यालयलाई अनुदान दिदैँ आएको छ भने पालिकामा मृत्यु हुने परिवारले मृत्यु संस्कार बापत ५ हजार रुपैयाँ पाउदै आएका छन् ।
उहाँले कृषि र पशुपालनको माध्यमबाट रोजगारी वृद्धि गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमै उद्यम र व्यवसायका लागि प्रेरित गर्ने तथा शिक्षा र स्वास्थ्यमा नागरिकलाई न्याय हुने गरी बजेट आउने जानकारी दिनुभयो । गाउँपालिकाको स्थायी केन्द्र तोकेर करिब १२ करोडको लागतमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सुरु हुनु गाउँपालिकाको महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाई छ ।
यस्तै, सुत्केरी महिलाका लागि पोषण भत्ता बापत ५ हजार र गाउँमै सुत्केरी हुन नसकेका गर्भवती महिलाका लागि नजिकको स्वास्थ्य संस्थासम्म लैजाने भाडासमेत गाउँपालिकाले उपलब्ध गराउदैँ आएको छ । गाउँपालिकामा विभिन्न घटनामा परी मृत्यु भएकाहरुको पोष्टमार्टमका लागि लाग्ने शववाहन खर्च समेत गाउँपालिकाले बेहोर्दै आएको छ । अध्यक्ष थोकरले मेलुङ गाउँपालिकाको पूर्वाधार विकास सन्तोष जनक भइरहेको भन्दै आगामी आर्थिक वर्षबाट ग्रामीण सडकको स्तरोन्नति तथा खानेपानी सिञ्चाईका योजनाहरुलाई व्यवस्थित गरिने बताउनुभयो ।
गाउँपालिकाको स्थायी केन्द्र तोकेर करिब १२ करोडको लागतमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सुरु हुनु गाउँपालिकाको महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाई छ । मेलुङ गाउँपालिका अध्यक्ष थोकरले पालिकामा प्रदेशबाट विकास निर्माणका योजनाहरु परेपनि ती योजनाको गुणस्तरमाथि प्रश्न उठाउनुभएको छ । उहाँले प्रदेशका योजना र कार्यक्रमको पारदर्शिता र प्रभावकारी अनुगमनको आवश्यकता औँलाउनुभयो ।