दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीमा एक बृद्धको लेनदेनका कारण हत्या भएको खुलासा भएको छ ।
भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्माको आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले आज पत्रकार सम्मेलन मार्फत हत्या आरोपीलाई सार्वजनिक गर्दै यस्तो जनाएको हो । बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका भीमेश्वर नगरपालिका–१ क्षमावतीका ५२ बर्षिय गणेश घिमिरेलाई पक्राउ गरी दोलखा ल्याएर प्रहरीले सार्वजनिक गरेको छ ।
दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्काले घिमिरेले एक बर्ष अघि बिकवाट ऋण स्वरुप २ लाख रुपैयाँ लिएको र उक्त ऋणवाट मुक्त हुने नियतले बृद्धको हत्या गरिएको प्रारम्भिक अनुषन्धानवाट खुलेको जानकारी दिनुभयो । डिएसपी खड्काका अनुसार क्षमावती घर भई काठमाडौंको हाँडिगाउँ बस्दै आएका घिमिरे दिवाली अर्थात कुल पुजाकालागि गाउँ आएका बेला बृद्धको हत्या गरेका हुन् । घिमिरेले जेठ १७ गते बिकलाई हत्या गरी घरपरिवारमा कसैलाइ नभनी काठमाडौं फर्किएका थिए । उनले जेठ १७ गते विहान आफ्नो घरवाट हथौडा लिएर गई पछाडिवाट टाउकोमा प्रहार गरी बिकको हत्या गरेको र शवलाई मकैबारीभित्र ढुँगाले थिचेर राखी फरार भएको प्रहरीले जनाएको छ ।

भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्माको आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्काले घिमिरेले एक बर्ष अघि बिकवाट ऋण स्वरुप २ लाख रुपैयाँ लिएको र उक्त ऋणवाट मुक्त हुने नियतले बृद्धको हत्या गरिएको प्रारम्भिक अनुषन्धानवाट खुलेको जानकारी दिनुभयो ।
बिकको हत्या गर्ने घिमिरे छिमेकी हुन् । श्रीमती बिरामी भएर उपचारकालागि काठमाडौं गएको र छोराछोरी समेत काठमाडौंमै रहेका कारण बिक घरमा एक्लै बस्दै आएका थिए । जेठ १९ गते स्थानीयले बिकको घरको ढोका ३ दिनदेखि नखुलेको र चौपाया समेत कराइरहेको प्रहरीलाई खवर गरेका थिए । त्यसको भोलिपल्ट बिकको शव घर नजिकैको मकैवारीमा ढुँगाले थिचिएको र सडेगलेको अवस्थामा फेला परेको थियो । त्यस लगत्तै घटनाको अनुषन्धान थालेको दोलखा प्रहरीले काठमाडौंको मालिगाउँ स्थित प्रहरी वृतको सहयोगमा घिमिरेलाई हिजो पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा रहेका घिमिरेलाई कर्तव्य ज्यान सम्वन्धी मुद्धामा दोलखा जिल्ला अदालतवाट ५ दिन म्याद थप गरी अनुषन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिनुभयो ।



लक्ष्मण खड्का 






