images
images

दोलखाका सहकारीले शहरमा ५० र ग्रामीण क्षेत्रको धितोमा ४० प्रतिशत मात्रै ऋण दिने

  • २४ जेष्ठ २०८१, बिहीबार २२:०७

जिरी (दोलखा) । दोलखाका सहकारी संस्थाहरुले शहरी क्षेत्रको धितो मूल्यांकनमा बढीमा ५० प्रतिशत र अन्य क्षेत्रको हकमा ४० प्रतिशत सम्म मात्रै ऋण लगानी गर्ने भएका छन् ।

दोलखामा रहेका सहकारीका छाता संगठन र व्यवस्थापकहरुको संगठनले साझा प्रतिवद्धता जारी गर्दै धितो सुरक्षणमा लगानी हुने ऋणलाई सुरक्षित र प्रभावकारी बनाउनका लागि धितो मूल्यांकनलाई प्राविधिक मूल्यांकन गराई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार त्यस्तो व्यवस्था गर्न लागेको जनाएका छन् । यसअघि सहकारी संस्थाहरुले आफ्नो अनुकुल ऋण प्रवाह गर्दै आएका थिए । यस्तै, दोलखा जिल्लाका सहकारीहरुले अब भाखा नाघेको ऋणमा ३ प्रतिशत भन्दा बढी हर्जना नलिने भएका छन् । सहकारी संस्थाहरुले निर्धारण गरेको व्याजदर र हर्जनामा धेरै फरक भएको गुनासो आइरँदा आगामी दिनमा ३ प्रतिशत भन्दा बढी हर्जना नलिने व्यवस्था गर्न लागिएको हो ।

पछिल्लो समय केही ऋण लिएका शेयर सदस्यहरुले ऋणको कारोबार नियमित गर्न आलटाल गरेको भन्दै उनीहरुले आगामी असार मसान्तसम्म आफ्नो ऋण नियमित गर्न पनि शेयर सदस्यहरुलाई आग्रह गरेका छन् । साथै, पर्याप्त मात्रामा जोखिम कोषको व्यवस्था नगरी शेयर लाभांश वितरण र वार्षिक साधारण सभालाई खर्चिलो र भड्किलो नबनाउने तथा साधारण सभामा सहभागी भएबापत वितरण गरिने यातायात खर्चलाई एकरुपता कायम गर्ने प्रतिवद्धता जनाइएको छ ।

मुलुकभर देखा परेकोे सहकारीको समस्या दोलखामा पनि देखा पर्ने जोखिम बढ्दै गएको देखिन्छ । हाल जनप्रतिनिधि, सहकारीका सञ्चालक, पूर्व सञ्चालक तथा कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, शिक्षक, कर्मचारी, पूर्व जनप्रतिनिधिहरुले सहकारी संस्थाबाट लिएको ऋण समेत जोखिममा परेको सहकारीहरुको गुनासो छ । यस्तो अवस्थामा सरोकारवाला सबैले आफ्नो कारोबार नियमित गर्न पनि अपिल गरिएको छ ।

मुलुकभर देखा परेकोे सहकारीको समस्या दोलखामा पनि देखा पर्ने जोखिम बढ्दै गएको देखिन्छ । हाल जनप्रतिनिधि, सहकारीका सञ्चालक, पूर्व सञ्चालक तथा कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, शिक्षक, कर्मचारी, पूर्व जनप्रतिनिधिहरुले सहकारी संस्थाबाट लिएको ऋण समेत जोखिममा परेको सहकारीहरुको गुनासो छ । यस्तो अवस्थामा सरोकारवाला सबैले आफ्नो कारोबार नियमित गर्न पनि अपिल गरिएको छ । जिल्ला सदरमुकाम चरिकोटमा आज जिल्ला सहकारी संघ, दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ र व्यवस्थापकहरुको साझा मञ्चको संयुक्त आयोजनामा भएको अन्तरक्रियापछि साझा प्रतिवद्धतापत्र जारी गरिएको हो ।

कार्यक्रममा जिल्ला भित्रका २८ वटा सहकारी संस्थाहरुको उपस्थिति रहेको थियो । जिल्ला सहकारी संघका दोलखाका अध्यक्ष देवी प्रसाद शर्माको अध्यक्षता र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून)का महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्काले जिल्लाको सहकारीको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रमका बारेमा व्यवस्थापकहरुको साझा मञ्च (सीएमएफ) को तर्फबाट हाम्रो जनकल्याण साकोसका व्यवस्थापक दिपक बस्नेतले प्रस्तुतिकरण गर्नु भएको थियो भने उक्त प्रस्तुति माथि मिलीजुली कालिञ्चोक साकोसका कार्यकारी अधिकृत (सिइओ) ईश्वर न्यौपाने र जनसचेतन साकोसका सिइओ नबराज दहाल लगाएतले टिप्पणी गर्नुभएको थियो ।