images
images

सोलुखुम्बुमा चट्याङ लागेर एक बालकको मृत्यु

  • २२ असार २०७९, बुधबार ०८:३०

सोलुखुम्बु । सोलुखुम्बुमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

हिजो साँझ पानीसँगै परेको चट्याङ लागेर जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ९ का ७ वर्षीय बालक सुजन तामाङको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर उनकी आमा ताकमाया तामाङ घाइते भएकी छिन् । माइतीघर हिडेका आमा छोरा पानी परेपछि ओत लाग्न एक घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको प्रहरीले जनाएको छ ।