images
images

माओवादी केन्द्रको बैठक बस्दै, यस्तो छ पदाधिकारी टुंगिने सम्भावना

  • २२ असार २०७९, बुधबार ०९:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजेट प्रज्ञान भवन कमलादीमा बस्न लागेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसुची छ । १९ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा प्रदेश इञ्चार्ज /अध्यक्षहरु र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा सहभागीहरुले आगामी निर्वाचनमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह निर्वाचनमा भएको अन्तरघात छानविन गर्नुपर्ने र बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने धारणा राखेका थिए । सो धारणा बारे आज अध्यक्ष प्रचण्डले जवाफ दिने र पदाधिकारीमा रहनेहरुको नाम प्रस्ताव गर्ने बताइएको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसुची छ । १९ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा प्रदेश इञ्चार्ज /अध्यक्षहरु र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । सो धारणा बारे आज अध्यक्ष प्रचण्डले जवाफ दिने र पदाधिकारीमा रहनेहरुको नाम प्रस्ताव गर्ने बताइएको छ ।

आइतबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा पार्टी पदाधिकारी टुंग्याउनेबारे छलफल भएको थियो । सोहीअनुसार माओवादी केन्द्रभित्र पेचिलो बनेको पदाधिकारी चयनको विषयमा आजको बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन तत्काल गरिनुपर्ने भन्दै सदस्यहरुले दवाव दिएपछि अध्यक्ष प्रचण्डले हिजोको बैठक स्थगित गरेर आन्तरिक छलफल गर्नुभएको थियो ।

 खुमलटारस्थित प्रचण्ड निवासमा भएको पुर्वस्थायी समितिको बैठकले पदाधिकारी चयनका लागि निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिएको थियो । सोही अनुसार उहाँले आकांक्षीहरुसँग छलफल गरेर आजको बैठकमा पदाधिकारीमा रहनेहरुको नाम प्रस्ताव गर्ने बताइएको छ ।माओवादीको गत पुसमा सम्पन्न राष्ट्रिय सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि पहिलो केन्द्रिय समितीले टुंगो लगाउने भनिएको थियो । तर महाधिवेशनको ६ महिनावितिसक्दा पनि टुंगिन सकेको छैन । अध्यक्ष प्रचण्ड अब चुनावपछि पदाधिकारी टुंग्याउने पक्षमा भएपनि केन्द्रिय समितीमा चर्को आवाज उठेपछि दवावमा पर्नुभएको हो । माओवादी पदाधिकारीमा विशेषगरी महासचिव को बन्ने भन्नेमा विवाद छ । प्रचण्डका विश्वासपात्र मानिने वर्षमान पसन र जनार्दन शर्माले महासचिवको दाबेदारी नछाड्दा समस्या देखिएको स्रोतले बताएको छ । यस्तै वरिष्ठ उपाधयक्षमा नारायणकाजी सहित मातृक यादव र कृष्णबहादुर महराले दाबी गरेका छन् । सबै सन्तुलन मिलाएर प्रचण्डले बैठकमा पेश गरेपछि छलफल गरेर निर्णय बताइएको छ ।