images
images

सिन्धुलीमा पिकअप भ्यान दुर्घटना, चालकको मृत्यु

  • २२ असार २०७९, बुधबार ११:२०

सिन्धुली । सिन्धुलीमा पिकअप भ्यान दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

जिल्लाको सनकोशी गाउँपालिका वडा नम्बर ६ शितलपाटीमा भ्यान दुर्घटनामा परी सिरहाका २९ वर्षिय बल बहादुर लामाको मृत्यु भएको हो । सिरहाबाट भैसी लोड गरी काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी मनोजकुमार लामाले जानकारी दिनुभयो ।