images
images

एमाले अध्यक्ष ओलीको सुरक्षार्थ खटिएका प्रहरी निरिक्षकको आकस्मिक निधन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका प्रहरी निरिक्षकको आकस्मिक निधन भएको छ ।

सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षक उमेश थापाको आज विहान मृत्यु भएको हो । थापालाई भक्तपुर अस्पतालले मृत घोषणा गरेको थियो । डेढ वर्षदेखि ओलीको सुरक्षामा कार्यरत थापाको आकस्मिक निधन भएको हो । भक्तपुर घर भएका प्रहरी निरिक्षक थापा गय रातिसम्म ओली निवास बालकोटमै रहेका थिए ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार प्रहरी निरिक्षक थापालाई आकस्मिक हृदयघात भएको अनुमान गरिएको छ । मृतक थापाका एक छोरा र श्रीमती छिन् ।