दोलखा । दोलखाको तामाकोशी नदी र रोल्वालिङ खोलामा आएको बाढीले जिल्लाको उत्तरी क्षेत्रमा निकै ठूलो क्षेति गरेको छ ।
गय राति आएको बाढीका कारण च्छो रोल्पा पदमार्गमा पर्ने गौरीशंकर गाउँपालिका–९ डोगाङमा ३ वटा घर तथा होटल बाढीले बगाएको छ भने बाढीमा वेपत्ता भएकी स्थानीय ६० वर्षीया होटल व्यवसायी जाङमु शेर्पालाई अहिलेसम्म फेला पार्न सकिएको छैन । स्थानीयवासीले विहानैदेखि उनको खोजी कार्य जारी राखे पनि फेला पार्न नसकिएको हो ।
खोजतलाशकालागि प्रहरी परिचालन गरिए पनि लागातारको वर्षा र प्रतिकुल मौसमका कारण समस्या भएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दोलखाका निमित्त प्रमुख, प्रहरी निरिक्षक विक्रम लामाले गोंगर प्रहरी चौकीवाट विहानै प्रहरी टोली खटाइए पनि घटनास्थल दुर्गम भएको र खराव मौसमका कारण खोज तथा उद्धार कार्य प्रभावित हुन पुगेको बताउनुभयो ।
लामावगरको छयोत्छयोत्वाट च्छो–रोल्पा हिमताल र रोल्वालिङ क्षेत्रको भ्रमणका क्रममा डोगाङमा रहेका होटल तथा लजमा आन्तरिक तथा बाह्य पर्यटक बास बस्ने गर्दथे । तर, गय रातिको बाढीले डोगाङलाई बगरमा परिणत गरिदिएको छ । बाढीवाट जोगिएको एउटा घर पनि ढल्ने अवस्थामा पुगेको छ । त्याहाँ बस्दै आएका अन्य होटल व्यवसायी र स्थानीय गय राति नैं भागेर नजिकको क्याल्चे भन्ने स्थानमा बसिरहेका छन् ।
खोला किनारमा रहेका डोगाङका बासिन्दाहरु रोल्वालिङ खोलामा पानीको सतह बढेर एक्कासी बाढी आउन थालेछि राति भागेर क्याल्चे पुगेका थिए । तर, होटल व्यवसायी जाङमु भने घरवाट सामान निकाल्न भनेर गएपछि सम्पर्कविहिन भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बेदिङ भन्दा केही तलवाट बग्ने क्षमाखोचे खोलामा हिजो साँझ एक्कासी बाढी आएको थियो । बेदिङमा रहेका स्थानीयका अनुसार रोल्वालिङ खोलामा आएको बाढीले बेदिङको बस्तितर्फ कटान गरिरहेको छ । रोल्वालिङ खोलामा आएको बाढीका कारण च्छो रोल्पा र रोल्वालिङ क्षेत्र जाने पदमार्ग पनि क्षेतिग्रस्त भएको छ ।
खोला किनारमा रहेका डोगाङका बासिन्दाहरु रोल्वालिङ खोलामा पानीको सतह बढेर एक्कासी बाढी आउन थालेछि राति भागेर क्याल्चे पुगेका थिए । तर, होटल व्यवसायी जाङमु भने घरवाट सामान निकाल्न भनेर गएपछि सम्पर्कविहिन भएको स्थानीयले बताएका छन् ।
तामाकोशी नदीमा गय राति नैं आएको बाढीका कारण माथिल्लो तामाकोशी जलबिधुत केन्द्र लगायत नदी तटीय क्षेत्रमा ठूलो क्षेति गरेको छ । बाढीका कारण माथिल्लो तामाकोशीको बाँधस्थल बालुवा, गिट्टि र गेगरले भरिएको छ भने बाँधस्थलका सवै ढोका खुल्ला गरिएको छ । पानीको सतह उच्च भएपछि ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको बिधुत उत्पादन गय राति देखि नैं बन्द भएको छ । केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले पानीको जलसतह २५० घनमिटर भन्दा माथि पुगेपछि उत्पादन बन्द गरिएको र सतह घटेपछि बिधुत उत्पादन सुचारु गरिने जानकारी दिनुभयो ।
बाढीले तामाकोशी जलबिधुत केन्द्रको लामावगरको सिस्नेरीस्थित टेलरेस क्षेत्रमा पनि व्यापक कटान गरेको छ । टेलरेस आउट लेटतर्फको सडक बाढीले कटान गरेको र विगतमा इन्ड्रिज हाईड्रोले वर्कशपकोरुपमा प्रयोग गरेको क्षेत्रमा पनि कटान भएको छ । उक्त स्थानमा राखिएका स्पेयर पार्ट्स लगायतका केही सामान समेत बाढीले बगाएको छ ।
बाढीले तामाकोशी पाँचौं जलबिधुत आयोजनाले सिस्नेरीमा निर्माण गरिरहेको ‘स्टाफ क्वाटर’ क्षेत्रमा पनि कटान गर्दा जोखिम बढेको छ भने लामावगरको जगत लगायतका क्षेत्रमा पनि सडक कटान गरेको छ । बाढीका कारण बिधुत प्रसारण लाइनमा क्षेति पुग्दा लामावगर क्षेत्रका कतिपय स्थानमा बिधुत आपूर्ति बन्द भएको छ । तामाकोशी आयोजनाको बाँधस्थल भन्दा माथि रहेको जुम खेला र लप्चि खोलामा थुनिएर तामाकोशीमा बाढी आएको अनुमान गरिएको छ ।
दोलखाको उत्तरी क्षेत्रमा दिनभर भारी बर्षा भइरहेको र तामाकोशी नदी तथा रोल्वालिङ खोलामा पानीको सतह उच्च रहेका कारण नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला दैवि प्रकोप उद्धार समितिले आग्रह गरेको छ ।