images
images

सडकको दुरावस्थाका कारण कालिन्चोक पुग्नै मुश्किल, केवुलकार र होटल सुनसान

दोलखा । बर्षायाम र सडकको दुराबस्थाका कारण दोलखाको प्रसिद्ध धार्मिक एबम् पर्यटकीय स्थल कालिञ्चोक सुनसान बनेको छ ।

सडकको दुरावस्थाका कारण पर्यटक पुग्न नसकेपछि कालिन्चोक बर्षा याममा सुनसान बनेको हो । बादल र हुस्सुले हिमाल र रमणिय दृश्यहरुलाई ढाक्ने गरेका कारण पर्यटकको आकर्षणमा कमी हुने गरेपनि यो मौसममा पनि फाट्टफुट्ट पर्यटक कालिन्चोक पुग्ने गर्थे । हरियाली र चौंरीसँग रमाउन चाहने पर्यटक बर्षा याममा पनि कालिन्चोक क्षेत्रको भ्रमणमा आउने गर्छन् । तर, चरिकोटदेखि कालिन्चोकको कुरीसम्म पुग्ने सडकको दुरावस्थाका कारण वर्षायाममै रमाउने पर्यटक पनि पुग्न नसक्दा कालिन्चोक सुनसान बन्न पुगेको छ ।

कुरीमा होटल व्यवसाय सञ्चालन गरिरहेका त्रिपुरा रिर्सोटका सञ्चालक चन्द्रकुमार लामाले विगतका बर्षमा वर्षा यामको शुक्रवार र सनिवार कालिन्चोकमा पर्यटक आउने गरे पनि निर्माणको क्रममा सडक अलपत्र पारेर छाडेपछि अहिले पर्यटकको अनुहार देख्नै मुश्किल परेको बताउनुभयो । वर्षा याममा कालिन्चोकको कुरी, टुटान, गैरी लगायतका क्षेत्रमा हुलका हुल चौंरी देख्न सकिन्छ । वर्षा याममा कालिन्चोक क्षेत्रमा देखिने चौंरी हेर्नकै लागि पनि पर्यटकहरु पुग्ने गर्दथे । तर, कालिन्चोक जाने सडक दुवास्था भएर वीच बाटोमै गाडि फस्ने भएपछि पर्यटक जान सकेका छैनन् । जसका कारण कालिन्चोकको पर्यटन व्यवसाय यतिखेर सुस्ताएको छ ।

बर्षायाम र सडकको दुराबस्थाका कारण दोलखाको प्रसिद्ध धार्मिक एबम् पर्यटकीय स्थल कालिञ्चोक सुनसान बनेको छ ।  कुरीमा होटल व्यवसाय सञ्चालन गरिरहेका त्रिपुरा रिर्सोटका सञ्चालक चन्द्रकुमार लामाले विगतका बर्षमा वर्षा यामको शुक्रवार र सनिवार कालिन्चोकमा पर्यटक आउने गरे पनि निर्माणको क्रममा सडक अलपत्र पारेर छाडेपछि अहिले पर्यटकको अनुहार देख्नै मुश्किल परेको बताउनुभयो ।कालिञ्चोक केवलकार दर्शन प्रालिका अनुसार यसअघि हिउँदमा दैनिक करिब १ हजार र बर्षायाममा करिब दुई सय यात्रुहरुले केबलकार चढ्ने गरेकोमा अहिले मुस्किलले ३०/४० जना यात्रुहरुले मात्रै केबलकार चढ्ने गरेका छन् 

कालिञ्चोकमा केबलकारबाट मन्दिर दर्शन गर्न जाने यात्रुहरुमा पनि निकै कमि आएको छ । कालिञ्चोक केवलकार दर्शन प्रालिका अनुसार यसअघि हिउँदमा दैनिक करिब १ हजार र बर्षायाममा करिब दुई सय यात्रुहरुले केबलकार चढ्ने गरेकोमा अहिले मुस्किलले ३०/४० जना यात्रुहरुले मात्रै केबलकार चढ्ने गरेका छन् । सडकको अवस्था खराब भएपछि बोलेरो लगायत भाडाका सवारीका साधन जानै नमान्ने र गए पनि दोब्बर शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताले पनि पर्यटकको संख्यामा कमि आएको हो । कालिञ्चोक बजार व्यवस्थापन समितिका अध्यक्ष सोनाम शेर्पाका अनुसार सडकको दुराबस्थाका कारण सर्वसाधारणलाइ यातायातमा समस्या हुनुका साथै सवारीका साधनले समेत ठूलो जोखिम मोल्नुपर्ने बाध्यता रहेको छ । उहाँले कालिञ्चोकमा बाटोकै कारण होटल व्यवसाय समेत धरासयी बन्दै गएको धारणा राख्नुभयो ।

लगातारको बर्षाका कारण कालिञ्चोकको देउरालीको माथि गुम्बादेखि ओडारेसम्मको बाटोमा आवतजावतमा कठिन हुने गरेको छ । सडकको बिषयमा समिति र होटल व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयको समेत ध्यानाकर्षण गराएका थिए । लगातारको बर्षापछि कालिञ्चोक जाने सडक पटक–पटक अबरुद्ध हुने गरेको समितिका अध्यक्ष शेर्पाले गुनासो गर्नुभयो ।

बागमती प्रदेशले निर्माण गरिरहेको चरिकोट कालिञ्चोक सडक आयोजनाको काम अघि बढ्न नसक्दा यात्रुहरुले निकै समस्या भोगिरहेका छन् । निर्माण सामाग्रि र पेट्रोलियम पदार्थको मूल्यबृद्धिका कारण तत्काल काम अघि बढाउन नसक्ने भन्दै निर्माण व्यवसायीले चरिकोट कालिञ्चोक सडक आयोजनाको काम रोकेपछि समस्या थपिएको हो । सडक निर्माणको काम अलपत्र पर्दा सर्वसाधारण र कालिञ्चोक भ्रमणमा आउने पर्यटकहरु मारमा परेका छन् ।