images
images

सिन्धुलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

  • २१ श्रावण २०७९, शनिबार १६:३३

सिन्धुली । सिन्धुलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको तीनपाटन गाउँपालिका वडा नम्बर ७ पत्यानीमा करेन्ट लागेर ३५ वर्षिय तीर्थबहादुर श्रेष्ठको मृत्यु भएको हो । वाक्सुखोला जलविद्युत आयोजनाबाट सञ्चालित विद्युतको पोल ढलेर बाटोमा झोल्लिएको तारमा अल्झिँदा श्रेष्ठ करेन्ट लागेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारका लागि स्थानिय स्वास्थ्य चौकीमा लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।