images
images

इजरायलमा ‘केयर गिभर’ मा काम गर्न ३,४६१ जनाको आवेदन स्वीकृत

  • २२ श्रावण २०८१, मंगलवार ०८:५८

एजेन्सी । इजरायलमा ‘केयर गिभर’ मा काम गर्न ३ हजार ४ सय वढीको आवदेन स्वीकृत भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार दीर्घकालीन स्याहार केन्द्रमा ‘केयर गिभर’ मा काम गर्नका लागि दोस्रो चरणमा ३ हजार ४६१ जनाको आवेदन स्वीकृत भएको हो । ४ हजार २४ जनामध्ये १ हजार ८६३ पुरुष र १ हजार ५९८ महिला गरी ३ हजार ४६१ जनाको आवेदन स्वीकृृत भएको विभागले जनाएको छ ।

कागजात नपुगेका तथा रित नपुगेका कारण १९७ पुरुष र १२४ महिला गरी ३२९ जनाको आवेदन रद्द भएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार केयर गिभरका लागि विभागले गत असार ११ गतेदेखि साउन ११ गतेसम्म एक हजार वैकल्पिकसहित दुई हजार आवेदन आह्वान गरेको थियो । नेपाल र इजरायलबीच भएको सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाइँदै आएको छ ।