images
images

मनसुन पुन सक्रियः३४ वटा जिल्लामा रेड अलर्ट जारी, दोलखा–सिन्धुपाल्चोक खतराको सुचिमा

जिरी(दोलखा) । आजदेखि देशभर मनसुन सक्रिय हुने भएको छ ।

आजदेखि मनसुन पुनः सक्रिय भई भोलीसम्म मुलुकका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी मनसुनी वर्षाको उच्च जोखिममा बागमती प्रदेशको दोलखा सहित ५ जिल्ला र कोशी प्रदेशको ४ जिल्ला जोखिममा देखिन्छ । बागमतीमा दोलखा, सिन्धुपाल्चोक, रसुवा, चितवन, धादिङ र नुवकोट जिल्लालाई खतराको सुचिमा राखिएको छ भने कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम देखिन्छ ।

रातिको समयमा मनसुन बढी सक्रिय भई पानी पर्ने सम्भावना बढी हुने भएकाले यी दुईदिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सर्तकता तथा पूर्वतयारी अपनाउन सबैलाई मौसम विभागले आग्रह गरेको छ । आजदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात रेड अलर्ट नै जारी गरेको छ ।

विभागले आज र भोलिका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो । अरू सबै जिल्लामा विभागले मध्यम जोखिम हुने भन्दै सर्तकता अपाउन आग्रह गरेको छ । रातिको समयमा धेरै पानी पर्ने भएकोले चनाखो रहन र जोखिमयुक्त ठाउँमा नबस्न विभागको आग्रह गरेको छ ।