images
images

बाढीपहिरो र आगलागीमा घर गुमाएकाहरुले ५० हजारका दरले राहत पाउने

  • २२ श्रावण २०८१, मंगलवार १२:३७

काठमाडौं । सरकारले प्राकृतिक विपद्मा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार अनुदान दिने भएको छ ।

विपद् व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले बाढी पहिरो, आगोलागीमा घर गुमाएका परिवार ५० हजार रुपँया अनुदान दिने निर्णय गरेको हो । यसअघि भूकम्पबाट घर गुमाएका मात्र अस्थायी आवासका लागि राहत रकम दिने निर्णय सरकारले गरेको थियो । तर, हिजो बसेको बैठकले बाढी पहिरो, आगोलागीबाट घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेले जनाकारी दिनुभयो ।

विपद् व्यवस्थापन कार्यकारी समितिको २०८१ साल बैशाख २१ गते बसेको २२ औ कार्यकारी समितिको बैठकले विपद्बाट प्रभावित घर परवारलाई आवास निर्माण अनुदान कार्यविधि २०८१ अर्थ मन्त्रालयकको सहमति प्राप्त गरी स्वीकृत गर्ने निर्णय गरेको थियो । तर अर्थ मन्त्रालयबाट राय प्राप्त नहुदाँ त्यो स्वीकृत हुन सकेको थिएन ।

हालै मात्र अर्थले सहमति दिएपछि हिजोको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई दुई किस्तामा ५० हजार रुपैयाँ दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।