images
images

गुल्मीमा पहिरोमा दुई घर पुरियो, ४ जनाको ज्यान गयो

  • २२ श्रावण २०८१, मंगलवार १३:१९

काठमाडौं । गुल्मीमा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ ।

गुल्मी मुसिकोट नगरपालिका –१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । आज बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।