सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची नदीले सतर्कताको तह पार गरेको छ ।
मेलम्ची नदीस्थित नाकोटेको जलमापन केन्द्रका अनुसार जल सतहले सतर्कतको तह पार गरेको हो । नाकोटेमा आज मध्यान्ह मापन भएको तथ्यांक अनुसार नदीले सतर्कताको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सतर्कता तह पार गरेको मेलम्ची नदी बढ्दो क्रममा रहेको छ ।
मेलम्ची बजार लगाएत नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै विभागले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
फाईल तस्वीर