images
images

दोलखा सहित ३४ जिल्लामा भारी वर्षाको सम्भावना, राति सवारी नचलाउन अनुरोध

  • २२ श्रावण २०८१, मंगलवार १७:३८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुने भन्दै ३४ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ ।

अति भारी वर्षाबाट दोलखा सहित ३४ जिल्ला उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । विभागले दोलखा, सिन्धुपाल्चोक, ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन,  धादिङ र नुवाकोटलाई उच्च जोखमको सूचीमा राखेको छ ।

अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेको जिल्लामा रात्रिकालीन बस नचलाउन अनुरोध गरेको छ ।

भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले अनुरोध गरेको छ ।