images
images

सहकारीको कर्जा असुलीमा समस्या, १४ जनाको धितो लिलाम हुँदै

  • २१ भाद्र २०७९, मंगलवार ११:२५

जिरी (दोलखा) । सहकारीबाट ऋण लिएर नतिर्ने क्रम बढेपछि दोलखाका सहकारीले धमाधम धितो लिलाम गर्न सुरु गरेका छन् ।

जिल्लाको सबैभन्दा ठूलो सहकारीको रुपमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धितो लिलामको लागि ३५ दिने सुचना निकालेको हो । यसअघि बैंकहरुले मात्रै धितो लिलाम गर्दै आएकोमा हाल सहकारीहरुले पनि धितो लिलाम कार्यलाई अघि बढाएको छ । बैतेश्वर गाउँपालिका ५ काब्रेमा मुख्य कार्यालय रहेको जनसचेतन साकोसले पहिलो चरणमा १४ जना ऋणीको धितो लिलाम गर्न लागेको जनाएको छ । ऋण लिँदाको शर्त तथा भाखा बमोजिम तिर्नुपर्ने साँवा, ब्याज र हर्जना समयमा नतिरी पटक–पटक मौखिक र लिखित ताकेता गर्दा पनि ऋण बुझाउन नआएका १४ जना ऋणीहरुको धितो बन्धक सम्पति लिलाम गर्न लागेको साकोसले जनाएको हो ।

साकोसले आज सुचना जारी गरेकोले अबको ३५ दिनभित्र बुझाउनुपर्ने रकम नबुझाएमा ३६ औं दिन सहकारी ऐन २०७४ को दफा ७९, सहकारी नियमावली २०७५ को दफा ३० र संस्थाको विनियम तथा नीति बमोजिम साँवा, व्याज, हर्जना र अन्य दस्तुर स्वरुप संस्थामा धितो रहेको घर–जग्गा असोज २५ गते लिलाम गर्ने जानकारी गराएको छ । अबको ३५ दिनभित्र साकोसलाई तिर्नुपर्ने साँवा, व्याज र हर्जना भुक्तानी गरेमा धितो लिलाम हुने छैन ।

जिल्लाको सबैभन्दा ठूलो सहकारीको रुपमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धितो लिलामको लागि ३५ दिने सुचना निकालेको हो । यसअघि बैंकहरुले मात्रै धितो लिलाम गर्दै आएकोमा हाल सहकारीहरुले पनि धितो लिलाम कार्यलाई अघि बढाएको छ । बैतेश्वर गाउँपालिका ५ काब्रेमा रहेको जनसचेतन साकोसले पहिलो चरणका १४ जना ऋणीको धितो लिलाम गर्न लागेको जनाएको छ । ऋण लिँदाको शर्त तथा भाखा बमोजिम तिर्नुपर्ने साँवा, ब्याज र हर्जना समयमा नतिरी पटक–पटक मौखिक र लिखित ताकेता गर्दा पनि ऋण बुझाउन नआएका १४ जना ऋणीहरुको धितो बन्धक सम्पति लिलाम गर्न लागेको साकोसले जनाएको हो ।

धितो लिलामको पहिलो नम्बरमा तेज बहादुर खड्काको नाम सार्वजनिक भएको छ । जिरी ८ का तत्कालीन वडाध्यक्ष समेत रहेका खड्काको धितो लिलामका लागि जनसचेतनले पहिलो नम्बरमा नाम निकालेको हो ।
यसैगरी, शैलुङ गाउँपालिका मागापौवास्थित नेत्रलाल तामाङ, बैतेश्वर नाम्दुस्थित कमल बहादुर तामाङ, ठूलोपातलस्थित मान बहादुर खड्का, साविक भीमेश्वर १० स्थित मोहन बहादुर रिजाल, बैतेश्वरको काब्रेस्थित लक्ष्मी कार्की, साविकको मिर्गे ५ स्थित कृष्ण बहादुर दाहाल, कालिञ्चोक गाउँपालिकास्थित बाबरेका पाण्डव पाण्डे, साविक ठूलोपातल ३ का प्रेम बहादुर खड्का र साविक भीमेश्वर ६ स्थित सोविता कार्कीको लिलाम हुने भएको छ ।

यसैगरी, साविक भीमेश्वर ४ का पवित्रा थापा, साविक ठूलोपातल ३ का छत्र बहादुर कार्की, साविक भीनपा ७ जिलुका राजु बुढाथोकी र साविक भिनपा १ दोलखाका सहदेव थापाको ऋण निकाल्दा राखिएकोे धितो लिलाम हुने भएको छ । सामान्यतया ऋण निकालेको ५ वर्षदेखि १० वर्ष पुराना भएका र पैसा असुल हुन नसक्नेहरुको अन्तमा धितो लिलाम गर्न लागेको जनसचेत साकोस बैतेश्वरका कार्यकारी निर्देशक नवराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार ५ देखि २० लाख सम्म ऋण भएका पुराना ऋणीहरुको लिलाम हुन लागेको हो ।

सामान्यतया ऋण निकालेको ५ वर्षदेखि १० वर्ष पुराना भएका र पैसा असुल हुन नसक्नेहरुको अन्तमा धितो लिलाम गर्न लागेको जनसचेत साकोस बैतेश्वरका कार्यकारी निर्देशक नवराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार ५ देखि २० लाख सम्म ऋण भएका पुराना ऋणीहरुको लिलाम हुन लागेको हो । साकोसको साउन मसान्तसम्मको वित्तीय विवरण अनुसार २ अर्ब २९ करोड ८७ लाख ८० हजार ३ सय ५३ रुपैंयाको कुल सम्पति रहेको छ भने संस्थाको ऋण लगानी मात्रै १ अर्ब ८९ करोड १९ लाख ६५ हजार ८ सय ३२ रुपैंया रहेको देखिन्छ । 

आगामी असोज २७ गते विहान ११ बजे मुख्य कार्यालय बैतेश्वरमा लिलाम हुने साकोसले जनाएको छ । सोकासले यसअघि पनि लामो समय ऋणको साँवा, व्याज र हर्जना भुक्तानी नगर्ने ऋणीहरुको नाम सार्वजनिक गर्दै पटक–पटक भुक्तानीको लागि आव्ह्वान गरेको थियो । जनसचेतन साकोस जिल्लाकै ठूलो साकोसमा पर्दछ ।

साकोसको साउन मसान्तसम्मको वित्तीय विवरण अनुसार २ अर्ब २९ करोड ८७ लाख ८० हजार ३ सय ५३ रुपैंयाको कुल सम्पति रहेको छ भने संस्थाको ऋण लगानी मात्रै १ अर्ब ८९ करोड १९ लाख ६५ हजार ८ सय ३२ रुपैंया रहेको देखिन्छ । जनसचेतनमा हाल ३६ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् ।