images
images

संघीय संसदमा मेरो दाबी स्वभाविकः नेता काफ्ले

  • २१ भाद्र २०७९, मंगलवार १३:१३

दोलखा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि आफु योग्य भएको दावि गर्नुभएको छ ।

हाम्रो रेडियोको बहशमुखी कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै दोलखाका युवा नेता काफ्लेले यस्तो बताउनुभएको हो । उहाँले हिजोको व्यवस्था परिवर्तनका लागि आफु ज्यान दिएर हिँडेको भन्दै प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारमा आफ्नो दाबी स्वभाविक रहेको बताउनुभयो । संघीय संसदको पहिलो नेतृत्व सांसद जिपछिरिङ लामाले लिएको भन्दै त्यसपछिको नेतृत्वकर्ता हुन आफु योग्य रहेकोे उहाँको भनाई छ । उहाँले लामापछि युवा पुस्ताको नेतृत्व आफुले सम्हाल्न खोजेको बताउनुभयो।केन्द्रको निर्णय अनुसार दोलखामा पनि गठबन्धन हुने र त्यसो हुँदा सैद्धान्तिक रुपले पनि प्रतिनिधिसभा कांग्रेसको भागमा पर्नुपर्ने उहाँको भनाई छ ।

सांगठानिक संरचना र अंकगणितीय हिसावले दोलखामा कांग्रेस बलियो रहेको दावि गर्दै नेता काफ्लेले प्रतिनिधिसभाको टिकट आफुले पाउनेमा विस्वस्त रहेको धारणा राख्नुभयो । नेकपा एकिकृत समाजवादी जिल्लामा मतको आधार र अंकगणितिय हिसावले कमजोर देखिएको र माओवादीको भन्दा कांग्रेसको मतसंख्या बढी भएका कारण कांग्रेसले संघीय सांसद दावि गर्नु स्वाभाविक भएको उहाँको भनाई छ । संविधानको कार्यान्वयन, गरिवी, अशिक्षा, विकृति विसंगतीको अन्त्य गर्नका लागि आफुले प्रतिनिधिसभाको टिकट दावि गरेको नेता काफ्लेले बताउनुभयो । उहाँले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको टिकट नपाए आफुले प्रदेशतर्फ दावि नगर्ने बताउनुभयो । गठबन्धन दल एक भएर अघि बढ्ने भन्दै दोलखामा जीत सुनिश्चित भएको नेता काफ्लेको भनाई छ ।