सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक पुरुष नकबजनी चोरी मुद्धामा फरार रहेको १४ वर्षपछि पक्राउ परेका छन् ।
मेलम्ची नगरपालिका वडा नम्बर ८ का ६५ वर्षिय मानबहादुर गिरीलाई प्रहरीले चोरी मुद्धामा फरार रहेको १४ वर्षपछि आज पक्राउ परेको हो । सिन्धुपाल्चोक जिल्ला अदालतले गिरीलाई २०६५ साल फागुन ५ गते नकबजनी मुद्धामा एक महिना १५ दिन कैद र ४७ हजार २ सय ५० रुपैँया जरिवानको फैसला सुनाएको थियो । त्यस लगत्तै फरार रहेका उनलाई आज पक्राउ गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका उनलाई आजै कारागार चलान गरिएको छ ।










