दोलखा । नेपाली नारीहरुले आज, महादेवको पुजा आरधना गरी तीज पर्व मनाएका छन् ।
आजको दिन ब्रत बसी शिव पार्वतीको पुजा, उपसना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ । दोलखामा पनि दिनभर तीज पर्वको निकै रौनकता देखिएको छ । आज बिहानदेखि नै दोलखाको भीमेश्वर मन्दिर लगायत मठमन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरुको निकै भीड देखिएको थियो । यस्तै, चरिकोट, सिंगटी, जिरी लगायतका मुख्य बजारहरुमा पनि नारीहरु भेला भएर नाचगान गरि यो पर्व मनाएका छन् । महिलाहरु आ–आफ्नो पायक पर्ने तिर्थ स्थल, मन्दिर तथा देवालयहरुमा गई शिव पार्वतीको पुजा उपशना गरेर तीज सम्वन्धी गित, भजन र चुट्का गाएर हर्षोल्लासका साथ मनाएका हुन् । सोहि अनुसार महिलाहरु सौभाग्यको सुचक धागो, पोते, टिका, गरगहना र रङ्गिचङ्गि कपडा पहिरिएर शिव मन्दिरहरुमा भेला भएर सुखदुख साटासाट गरी तीज मनाएका छन् ।
सत्ययुगमा आजैको दिन निराहार ब्रत बसि हिमालयकी पुत्रि पार्वतीले महादेव पति पाएकाले आजको दिनमा ब्रत बस्दा मनोकामना पुरा हुने विश्वास छ ।