images
images

यस्तो देखियो उपत्यकाको ईन्द्रजात्रा, हेर्नुहोस् १० तस्वीरमा

काठमाडौँ । काठमाडौँ उपत्यका सहित मुलुकका विभिन्न स्थानमा आज ईन्द्र जात्रा पर्व मनाईएको छ ।

वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा आराधाना सहित आज परम्परागत रुपमा ईन्द्र जात्रा मनाईएको हो । जात्राको अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली सहित विशिष्ट व्यक्तित्वहरु वसन्तपुर पुग्नुभएको छ ।

हरेक वर्ष भाद्र शुक्ल चर्तुदशीका दिन मनाईने यो पर्व विशेषगरि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोकको धुलिखेल तथा दोलखाको दोलखा बजार लगाएतका स्थानमा धुमधामका साथ मनाईन्छ । ईन्द्रजात्राको अवसरमा नाचगान तथा रथयात्रा र देवी देवताको पुजा आज गर्ने गरिन्छ ।

यो पर्व सत्रुमाथि विजयी र शक्तिको प्रदर्शनको रुपमा मनाईने धार्मिक विश्वास छ । परम्परा अनुसार विगतमा राजाले उपस्थित भएर दर्शन गर्ने चलन रहेकोमा हाल राष्ट्रपतिबाट अवलोकन हुने गरेको छ ।

राष्ट्रपतिलाई मेयर बालेनको स्वागत

उपत्यकाबासीले विशेष महत्व दिएर मनाउने ईन्द्र जात्रा पर्वमा काठमाडौँ महानगरपालिकाले वसन्तपुरमा विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागि उच्च पदस्थ अधिकारीहरुलाई आयोजकका हिसाबले काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले स्वागत गर्ने गर्दछन् ।

ईन्द्रजाताका लागि वसन्तुपर पुगेका राष्ट्रपति पौडेललाई मेयर बालेन शाह आँफैले स्वागत गरेका छन् । तर, मेयर बालेन शाह प्रधानमन्त्री ओलीको स्वागतका बेलामा भने उपस्थित भएका थिएनन् । प्रधानमन्त्री ओलीलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले स्वागत गरेका छन् ।