काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।
यही असोज ११ र १२ गते आएको अविरल वर्षासँगै बाढी पहिरो परी मृत्यु हुनेको संख्या ७७ पुगेको हो । हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङमा रहेको छ । यस्तै पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाको मृत्यु भएको छ । तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा ६ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ ।
बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी तथा प्रभावित परिवारलाई राहत रामग्री वितरण गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिनुभयो ।