images
images

सिन्धुपाल्चोकका एक सहित ३ जना मृत फेला

  • २० आश्विन २०८१, आईतवार १३:०४

काडमाडौं । सिन्धुपाल्चोकका एक सहित ३ जना मृत फेला परेका छन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ गिदारीस्थित स्याले खोला किनारको काँसघारीमा अन्दाजी ३५ वर्षीय पुरुष हिजो मृत अवस्थामा फेला परेका हुन् । मृतकको नाम,थर, वतन भने खुलेको छैन । यस्तै स्याङ्जाको फेदिखोला गाउँपालिका–३ ठुल्डीस्थित सेती खोलामा सोही स्थानमा बस्ने ७० वर्षीय लोक बहादुर थापा मृत अवस्थामा भेटिएका हुन् ।

यसैगरी, विराटनगर महानगरपालिका–९ स्थित पुरानो संचय अफिस भवनको पेटिमा नाम, थर, वतन नखुलेका पुरुष मृत अवस्थामा फेला परेका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।