images
images

खुर्काेट र रामेछाप जोड्न सुनकोशीमा बेलिब्रिज, नेपाली सेनाद्धारा आजबाट काम सुरु

  • २० आश्विन २०८१, आईतवार १८:२८

काठमाडौँ । सुनकोशीको बाढीले बगाएको खुर्काेट पुलमा बेलिब्रिज निर्माणको काम सुरु भएको छ ।

खुर्काेट र रामेछापलाई जोड्न आजबाट बेलिब्रिज निर्माणको काम सुरु भएको हो । बेलिब्रिज निर्माणको जिम्मा सेनाले पाएपछि अजाबाट काम सुरु भएको छ । हेटौँडाबाट सामान ल्याएर बेलिब्रिज निर्माणको काम सुरु भएको नेपाली सेनाले जनाएको छ । बीपी लोकमार्ग र पुष्पलाल लोकमार्ग जोड्ने सुनकोशी नदीको सय मिटरको पक्की पुलमध्य रामेछापतर्फ रहेको आधा भाग असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको थियो ।

लगातारको वर्षाले सिन्धुलीको खुर्काेट र रामेछाप जोड्ने पुल बगाएपछि बेलिब्रिज निर्माण गरि रामेछापलाई विपि लोकमार्गसँग जोड्न लागिएको हो । बेलिब्रिज निर्माण भएपछि रामेछाप जोड्ने बिपी लोकमार्ग अस्थायी रुपमा सञ्चालनमा आउनेछ । खुर्काेटको पुल बाढीले बगाएपछि हाल रामेछाप जिल्ला सित्खा र दोलखा हुँदै अन्य जिल्लासँग सडक सञ्जालमा जोडिएको छ ।