दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ ।
जिल्लाको भीमेश्वर वडा नम्बर ३ स्थित चरिकोट–मन्थली सडकमा बेहोस अवस्थामा फेला परेका अन्दाजी ३५ वर्षिय पुरुषको मृत्यु भएको हो । उनको पहिचान भने खुल्न सकेको छैन । ति पुरुष हिजो साँझ चरिकोट–मन्थली सडकमा लडेर बेहोस अवस्थामा फेला परेका थिए । बेहोस अवस्थामा फेला परेको खबर प्राप्त भएसँगै प्रहरी टोलीले उनलाई उपचारका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा लगेको थियो । उनको अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिंग्देलले जानकारी दिनुभयो । मृतक पुरुषको शव पशुपति चौलागाई स्मृति अस्पतालको शव गृहमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










