images
images

रामेछापमा गठबन्धनको आक्रमक प्रचार, यसरी हुँदैछ चुनावी प्रतिस्पर्धा

  • २० कार्तिक २०७९, आईतवार १०:११

जिरी (दोलखा) । निर्वाचन आयोगले औपचारिक रुपमा चुनावी प्रचारप्रसारका लागि समय दिएसँगै रामेछापमा गठबन्धन दलका उम्मेदवार आक्रमक शैलीमा चुनावी प्रचारमा लागेका छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रामेछापमा बाम–लोकतान्त्रिक गठबन्धन दलले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएको हो । रामेछापमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर निर्वाचन लड्दैछ । हाल गठबन्धन दलका जिल्लाका शीर्ष नेता तथा उम्मेदवार र नेता–कार्यकर्ता गाउँ–गाउँमा घरदैलो र भव्य चुनावी सभामा व्यस्त देखिएका छन् ।

आयोगले यही कात्तिक १७ गते अर्थात विहिबारदेखि मंसिर १ गते सम्म राजनीतिक दलहरुलाई निर्वाचन प्रचार–प्रसार अन्तर्गत जुलुस, आमसभा तथा कोणसभा समेत गर्न पाइनेगरी अनुमति दिएपछि रामेछापमा गठबन्धन दलले तीब्र रुपमा चुनावी प्रचार गरिरहेको पाइएको छ । यसअघि घरदैलो र स–साना कार्यक्रमको मात्रै आयोजना गर्दै आएको गठबन्धनले पछिल्लो पटक गाउँ–गाउँमा भेटघाट, घरदैलेका साथै भव्य चुनावी सभा गरिरहेको छ । असअनुसार हिजो दोरम्बा शैलुङ गाउँपालिकामा भव्य चुनावी सभा गरिएकोे छ । गठबन्धन दलले आयोजना गरेको यस्तो चुनावी कार्यक्रममा उत्साहजनक उपस्थिति देखिएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रामेछापमा बाम–लोकतान्त्रिक गठबन्धन दलले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएको हो । रामेछापमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर निर्वाचन लड्दैछ । हाल गठबन्धन दलका जिल्लाका शीर्ष नेता तथा उम्मेदवार र नेता–कार्यकर्ता गाउँ–गाउँमा घरदैलो र भव्य चुनावी सभामा व्यस्त देखिएका छन् ।

निर्वाचन सम्पन्न हुन अब दुई साता मात्रै बाँकी रहँदा रामेछापमा गठबन्धन दल आफ्नो पक्षमा जित हात पार्नका लागि दृढतापूर्वक लागिपरेको देखिन्छ । विगतका निर्वाचनलाई हेर्दा समेत गठवन्धनलाई निर्वाचनको परिणाम हात पार्न खासै मुस्किल नहुने देखिन्छ । उता, एमाले तथा नेकपा एकृकीत समाजवादी पनि गठबन्धनसँग एक्ला–एक्लै भिड्ने तयारीका साथ लागि परेका छन् । तर, दुई दलको एक अर्कालाई सहयोग रहेपछि कांग्रेस र माओवादीका उम्मेदवारनै रामेछापमा बलियो रहेको बताइन्छ । यतिखेर विशेष प्रतिस्पर्धा हुने गठबन्धन दल र एमालेका उम्मेदवारहरुले निर्वाचन जित्नका लागि आफ्नो रणनीति बनाएर अघि बढेका छन् । चुनावी अभियानलाई तीब्रता दिएका गठबन्धन दल र एमाले तथा एकीकृत समाजवादी आ–आफ्नै दावी प्रस्तुत गर्दै जनताको घरदैलोमा भोट माग्न व्यस्त छन् ।

सत्ता गठबन्धनबाट रामेछापमा नेपाली कांग्रेसका जिल्ला सभापति पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् भने माओवादीको तर्फबाट प्रदेश ‘क’ मा संविधानसभा सदस्य तारा नारायण श्रेष्ठ र प्रदेश ‘ख’ मा माओवादीका पोलिटव्युरो सदस्य युवराज चौलागाई उम्मेदवार छन् । यो पटक एमाले रामेछापले जिल्ला इन्चार्ज कैलाश ढुङगेललाई संघको उम्मेदवार बनाएको छ ।

बागमती प्रदेशका पूर्वअर्थमन्त्री ढुंगेलले गठबन्धन दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । यसैगरी रामेछापमा एमालेले प्रदेशतर्फ प्रदेश ‘क’ मा शान्ति पौडेल र ‘ख’ मा मिलन कुमार घिसिङलाई प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उतारेको छ ।