images
images

पार्टीको निर्णायक मत गठबन्धनको पक्षमाः नेकपा एसका अध्यक्ष दहाल

  • २० कार्तिक २०७९, आईतवार १३:०९

दोलखा । नेकपा एकिकृत समाजवादी दोलखाका अध्यक्ष भिमप्रसाद दाहालले प्रतिनिधि र प्रदेशसभा सदस्य मा नेकपा एसले दोलखामा टिकट नपाएपनि गठबन्धनका उम्मेदवार साझा उम्मेदवार भएको बताउनुभएको छ ।

हाम्रो रेडियोको विशेष कुराकानीमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन दल नै साझा उम्मेदवार भएकाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभातर्फ गंगा कार्की विश्व, प्रदेशसभातर्फ प्रदेश १ मा कुन्दनराज काफ्ले र प्रदेश २ मा बर्मा लामालाई जिताउन अपिल गर्नुभएको छ । गठबन्धन दलले निर्माण गरेको कार्यतालिका अनुसार अविचलित नभई अघि बढ्न उहाँले नेता तथा कार्यकर्तालाई आब्ह्वान गर्नुभयो ।

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्नै पर्ने कारण के हो ? भन्ने प्रश्नमा उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निरंकुश र तानाशाही ढंगले अघि बढेकाले मुलुकको विकास सम्भव नभएको देखिएपछि वाम–लोकतान्त्रिक गठबन्धन बनेकाले आफ्नो पार्टीले पनि गठबन्धनलाई समर्थन गरेको बताउनुभयो । यो गठबन्धन राष्ट्रिय स्तरको गठबन्धन भएको र आफ्नो पार्टीले गरेको परिपत्र अनुसार अघि बढेको अध्यक्ष दाहालको भनाई छ ।

उहाँले जिल्लामा नेकपा एस निर्णायक भएको दावी गर्नुभयो । गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा गठबन्धन दलले ७ वटा स्थानिय तह जित्नु र एमाले २ वटा स्थानिय तहमा मात्रै सिमित रहनुले नेकपा एसको मत निर्णायक रहेको पुष्टि हुने उहाँले बताउनुभयो । आफ्नो निर्णायक मत गठबन्धनको पक्षमा रहेकाले दोलखामा गठबन्धनको जित सुनिश्चित रहेको अध्यक्ष दाहालले बताउनुभयो । देशको स्वाधिनता जोगाउनका लागि आसन्न निर्वाचनमा गठबन्धनलाई विजय गराउन आवश्यक रहेको भन्दै उहाँले गठबन्धनको पक्षमा मतदान गर्न आब्हान गर्नुभएको छ ।